जसका लागि ओली १४ वर्ष जेल बसे उसैले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खान्छ भन्नु गलत : डा. सुरेन्द्र केसी

Read Time = 5 mins

काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताउनु भएको छ । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउनेमात्रै उद्देश्य राखेको उहाँको टिप्पणी थियो ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाईएको गुनासो पोख्नुभयो ।

निर्वाचन घोषणा भएको भन्दै खुशी व्यक्त केसीले भन्नुभयो ‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताहरुले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्यौल थियो । प्रचण्डले मंसिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरु भरलाग्दा छैनन् । खेलखाल, जेलझाल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

केसीले यो बीचमा गठबन्धनवालाहरुले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गराउनु भयो । उहाँले भन्नुभयो,‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु की प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

केसीले अहिलेको राजनीतिको प्राप्तिको अवराध भनेको नै ओली हो र उसलाई ठेगान नलगाउँदा पाँच दलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरु लागेको सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले गठबन्धनका नेताहरुले एमालेलाई पूर्णतः किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेको हो । गठबन्धन गर्नको लागि उनीहरु दृढसंकल्प थिए । यसमा आश्चर्य छैन ।’ उहाँले समयमै निर्वाचनमा जालान भन्नेमा आफूहरु अपेक्षित रहेको सुनाउनु भयो ।

न्यायपालिका, व्यवस्थापिक र कार्यपालिका शक्ति सन्तुलनको लागि आधारमा गठन भएको स्मरण गराउँदै उहाँले भन्नुभयो,‘अहिले त देशको सर्वोच्च अदालतको प्रधान्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गदै हिँड्ने काम भएको छ । गठबन्धन अपरिहार्य छ । यो गणतन्त्र, संघीयताको लागि केपी ओली १४ वर्ष जेल बसेका हुन् । झापामा टाउका काटे भन्ने इत्यादी कुरा पनि सुनेका छौं । ओलीले यी तीन वटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं ।’
उनले अहिलेपनि देशमा समस्या यथावत रहेको सुनाउनु भयो ।

उहाँले अहिले घर र घरको पनि झ्यालैपिच्छे मन्त्री रहेको सुनाउनु भयो । उहाँले भन्नुभयो,‘जसलाई पायो त्यसैलाई मन्त्री बनाउने काम भएको छ, अहिले त घरैपच्छिै मन्त्री छन्, झ्यालैपछि मन्त्री ।’ उहाँले राजनीतकि लोकतन्त्रको ग्यारेन्टी हुन्छ भने धार्मिक लोकतन्त्रको ग्यारेन्टी हुनुपर्छ कि पर्दैन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले अबको निर्वाचनमा सही उम्मेद्धवार चयन हुनुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?