मकवानपुरमा सात दिने चलचित्र महोत्सव हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौंडा । मकवानपुरमा सात दिने चलचित्र महोत्सव हुनेभएको छ । मकवानपुरको थाहा नगरपालिकामा सात दिने चलचित्र महोत्सव (फिल्म फेसटिभल) हुने भएको हो । हेटौंडामा पत्रकार सम्मेलनमार्फत मंसिर ९ गतेदेखि १५ गतेसम्म ‘थाहा फिल्म फेटिभल’ आयोजना हुने जानकारी दिइएको हो ।

थाहा नगरपालिकाको सञ्चालनमा हुने उक्त फिल्म फेष्टिभलमा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय सह-सञ्चालक रहेको छ भने पर्यटन विकास बोर्डले कार्यक्रमलाई प्रचारप्रसार गर्ने आयोजक थाहा कला केन्द्रले जनाएको छ । मकवानपुरको पर्यटकीय गन्तव्यको रूपमा रहेको थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि फिल्म फेटिभल आयोजना गर्ने तयारी गरिएको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिनुभयो ।

फेष्टिभलमा नेपालका चर्चित कलाकार निर्माता निर्देशकहरूको सहभागिता गराइनेका साथै सन्देशमूलक चलचित्र प्रदर्शन तथा थाहा नगरपालिका क्षेत्रमा पर्ने पर्यटन क्षेत्रहरूका बारेमा जानकारी गराउने जोशीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?