बंगुरको खोरमा जीवनको खोजी गर्दै आमाछोरी : डाक्टर बन्ने चाहना पालेकी पुष्पा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । अगाडि निरन्तररुपमा सुसाउँदै बगिरहेको छ म्याग्दी नदी । पछाडी पट्टी मंगलाघाट–डम्मरा सडकमा गुडिरहने ट्याक्टर र साना सवारी साधनको चर्को हर्न र निरसिलो कोलाहल सुनिन्छ । म्याग्दी नदी र सडकको बिचमा टिनको छाप्रोमा छ बंगुरको खोर । त्यही खोरको एउटा कोठामा आफ्नो जिन्दगीको अत्यास लाग्दो समय कटाउँदै छन् ४५ वर्षिया राजकुमारी राई र उहाँकी १५ वर्षिया छोरी पुष्पा ।

म्याग्दी नदीको सुसाइसँगै दिनहुँ मिसिन्छन् राजकुमारीका दु:ख सुस्केराहरु । उहाँले भोग्नुभएका दुःखको कहानी र म्याग्दी नदीमा बगिरहेको पानी सुन्दा उस्तै उस्तै लाग्छन् । बगेर कहिल्यै नसकिने म्याग्दी नदीको पानी जस्तै जति भोगे पनि नरित्तिने छ उहाँको दुःखको कहानी ।

श्रीमानले दोस्रो विवाह गरेपछि घरबाट निकालिएकी राजकुमारी ६ वर्षअघि खोटाङ जिल्लाबाट जीवन जिउँने मेलोको खोजी गर्दै म्याग्दीको सदरमुकाम बेनी आउनुभएको हो । म्याग्दी आएपछि दुई वर्ष गिट्टी कुट्ने, वालुवा चाल्ने काम गर्नुभयो । साथमा ९ वर्षिया छोरी पुष्पा ।

विगत ४ वर्षदेखि बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्मको छाप्रोमा उहाँ छोरी पुष्पा राईसँग बस्दै आउनुभएको छ ।

श्रीमानले अर्को विवाह गरी चरम यातना दिएपछि उहाँ बेनीमा आउनुभएको हो । अहिले उहाँ यही बंगुरको खोरमा काम गर्नुहुन्छ । यहीँ बस्नुहुन्छ । ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमणले बंगुर रित्तिएपछि बंगुरका मालिक समेत सम्पर्कमा छैनन् । खानेबस्ने र छोरीको शिक्षादीक्षाका लागि मासिक ५ हजार तलब दिने सहमति भएपनि साहुले उहाँलाइृ भने अनुसार तलव नदिएको उहाँले बताउनुभयो ।

“साहु पनि सम्पर्कमा छैनन्, पेटभरी खाने अन्न छैन्,मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ”, राजकुमारीले भन्नुभयो । “साहु पनि सम्पर्कमा छैनन्, पेटभरी खाने अन्न छैन्,मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ”, राजकुमारीले भन्नुभयो ।

कोठामा एउटा भाँचिएको खाट छ । खाटैभरी पुराना कपडा,छोरीका किताव असरल्ल छन् । खाने खर्च छैन । दैनिक ज्यालामजदुरी गरी कमाएको २ हजार समेत केहीदिन अगाडी दिउँसो आएका चोरले लगेपछि खाना पकाउने चामल समेत सकिएपछि भोकै रात काट्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।

छोरी पुष्पा अहिले १५ वर्षकी हुनुभयो । चरम गरिबीसँग जुधेर भएपनि पढाइमा अब्बल हुनुहुन्छ पुष्पा । उहाँले बेनी नगरपालिका–२,बगरफाँटस्थित सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ पढ्नुहुन्छ । उहाँले बेनी नगरपालिका–२,बगरफाँटस्थित सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ पढ्नुहुन्छ ।

पुष्पाको पढाइ राम्रो रहेको, कक्षामा सधैं प्रथम हुने गरेको सरस्वती आधारभूत विद्यालयका शिक्षक प्रेमबहादुर कार्कीले बताउनुभयो । आमाले काम गर्ने बंगुर फार्मभित्र बसेर आमाको काममा समेत सहयोग गदैं पढाइमा मेहनत गरिरहेकी पुष्पाले आमाको दुःख राम्रोसँग बुझेको र आफू धेरै पढेर डाक्टर बनी आमाको सपना पूरा गर्ने बताउनुभयो ।

पुष्पाको पढाइ राम्रो रहेको, कक्षामा सधैं प्रथम हुने गरेको सरस्वती आधारभूत विद्यालयका शिक्षक प्रेमबहादुर कार्कीले बताउनुभयो । आमाले काम गर्ने बंगुर फार्मभित्र बसेर आमाको काममा समेत सहयोग गदैं पढाइमा मेहनत गरिरहेकी पुष्पाले आमाको दुःख राम्रोसँग बुझेको र आफू धेरै पढेर डाक्टर बनी आमाको सपना पूरा गर्ने बताउनुभयो ।

”बुबाले घरबाट निकालिदिए पछि हाम्रो अवस्था अत्यन्त खराब छ, बुबालाई देखेको पनि छैन्,मलाई छोरी भनेर कहिल्यै फोन आउँदैनन्, पढाईँ मेहनत गरेको छु्” फरासिली पुष्पाले मुस्कुराउँदै भन्नुभयो “ठूलो भएपछि डाक्टर बन्ने हो,तर आर्थिक अवस्था भने अत्यन्त कमजोर छ” ।
आमासँग पैसा नभएपछि विद्यालयबाट स्टेशनरी, पोशाक सहयोग मिलेको उहाँले सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?