केन्याले विपद् व्यवस्थापनका लागि आपत्‌कालीन टोली गठन गर्ने

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । केन्याले एल निनो वर्षाबाट हुनसक्ने क्षति न्युनिकरण गर्न र तयारीको लागि छलफल गर्न राष्ट्रिय आपत्‌कालीन समिति गठन गर्ने भएको छ ।

केन्याका उपराष्ट्रपति रिगाथी गचागुवाले सो समितिले एल निनो वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न रणनीतिक योजना तर्जुमा गर्ने बताउनु भयो । उहाँले अर्को हप्ता सो समितिको बैठक बोलाइएको बताउनु भयो ।

गचागुआले भारी वर्षाका कारण हुनसक्ने कुनैपनि प्रकोपको लागि तयारी गर्न विभिन्न क्षेत्रहरुसँग आह्वान गर्नुभयो । प्रविधिसँगै विपद् व्यवस्थापनमा जुट्न आग्रह गर्दै उहाँले सेप्टेम्बरदेखि जनवरीसम्म वर्षाबाट विपद् निम्तिनसक्ने बताउनु भयो ।

केन्या मौसम विभागले गत हप्ता यस वर्ष सेप्टेम्बरदेखि जनवरीसम्म भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?