काठमाडौं । बनेपामा केन्द्रीय कार्यालय रहेर स्थापना भएको समता घरेलु लघुवित्त वित्तीय संस्थाले भैरहवामा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था गाभेको छ । दुई संस्थाले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था प्रदेशस्तरको लघुवित्त संस्था हो ।
नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिलाई सहयोग पुर्याउन दुई संस्थाबीच गत भदौ ७ मा गाभ्ने, गाभिने निर्णय भएको थियो । समताले मनकामनालाई १ः१ सेयर स्वाप रेसियोमा गाभेको हो । एकीकृत कारोबारपछि संस्थाको बनेपामा केन्द्रीय कार्यालय र सातवटै प्रदेशमा ९९ शाखामार्फत् वित्तीय सेवा उपलब्ध हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिनुभयो । संस्थाको चुक्ता पुँजी जारी हुन लागेको एफपिओसहित ५९ करोड ९० लाख ९० हजार आठ सय २८ रुपैयाँ पुगेको छ ।
संस्थाले ८१ हजार पाँच सय ३६ सदस्यलाई वित्तीय सेवा पुर्याएको र चार अर्ब ३८ करोड ९० लाख कर्जा लगानी तथा एक अर्ब ४० करोड ५१ लाख रुपैयाँ बचत संकलन भएको जनाएको छ । समता घरेलु लघुवित्त संस्था विगतमा दुई संस्था गाभिएर बनेको संस्था हो भने मनकामना स्मार्ट लघुवित्त पनि दुई संस्था गाभिएर बनेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच