मुगु । मुगुस्थित रारा विमानस्थलमा मंगलवार देखि हवाई उडान सुचारू भएको छ ।
अबिरल बर्षाका कारण मौसम बिग्रिएर ७ दिनदेखि अवरूद्व भएको हवाई उडान आज देखि सुचारू भएको हो ।
रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख श्रीकृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएका कारण मंगलबार समिट र तारा एअरले उडान भरेका हुन् ।
बिभिन्न कामको शिलशिलामा नेपालगन्ज, सुर्खेत जाने, आउने यात्रु र बिरामीहरु यात्रा गर्न पाउँदा खुशी भएका छन् ।
कर्णाली तथा सुदुरका जिल्लाहरूमा बिगत ७ दिन देखिको अबिरल बर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लागेर जताततै मौसम बिग्रदाँ हवाई उडान अवरुद्ध हुँदै आएको थियो ।
'गाडीबाट जाउँ भने बाटो खराब, प्लेन आउँदैन ७ दिन देखि सुर्खेत जान तयार भएको थिए बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाईयो खुशी लाग्यो' छायाँनाथ रारा नगरपालिका गमगढी बजार निवासी नौलासिंह नेपालीले बताउनु भयो ।
उडान नभएपछि ६ दिनदेखि यात्रुहरू मुगु र नेपालगञ्ज विमानस्थलमा रोकिनु परेको थियो। मौसमको सुधार सँगै उडान सुचारू हुँदा हवाई यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य माल सामान पनि ढुवानी हुने बताईएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच