चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीले तलब पाएनन्

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा कार्यरत अस्थायी र स्थायी कर्मचारीले तलब भत्ता नपाएको बताएका छन् । गाउँपालिकामा कार्यरत स्थायी २१ जना र (करार) नियुक्त अस्थायी ८२ जना कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् ।

वित्तिय समानीकरणको बजेट सबै फिर्ता हुँदा यो आर्थिक वर्षमा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन् । वित्तिय समानीकरणको रु आठ करोड २० लाख रुपैयाँ अर्थमन्त्रलयले फिर्ता लिनुका साथै कोलेनिकाले नै चेक काटेर बजेट फिर्ता लिएको हुँदा गाउँपालिकामा कार्यरत कर्मचारीले तलब भत्ता पाउन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पराम पाण्डेले बताउनुभयो ।

गत आर्थिक वर्षको हिसाब मिलान नहुँदा राजस्व बाडफाडको रु २० लाख समेत फिर्ता गएको हुनाले स्थायी कर्मचारीले तीन महिनाको र अस्थायी कर्मचारीले झण्डै दश महिनाको तलब पाउन नसकेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । मुख्यमन्त्री रोजगार र प्रधामन्त्री रोजगार बाहेक सबै शिर्षकको बजेट फिर्ता भएकाले गाउँपालिकामा समस्या बनाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।

गाउँपालिका प्रशासनअन्तर्गत कार्यरत (करार) सेवाका अस्थायी कर्मचारीले ७ महिनाको र शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीले दश महिनाको तलब पाउन नसकेका हुन । यस्तै गाउँपालिकामा कार्यरत स्थायी २१ जना कर्मचारीले चैत महिना यतादेखि तीन महिनाको तलब पाउन नसकेको गुनासो गरेका छन् ।

यसरी काम गर्दा पनि तलब नपाएपछि घर खर्च चलाउन समेत समस्या भएको एकजना कर्मचारीले गुनासो पोख्नुभयो । एकजना अस्थायी कर्मचारीले भन्नुभयो, वर्षभरी काम गरियो, यो असारसान्तमा तलब आउने आश गरियो तर तलब नपाउँदा घर खर्च कसरी चलाउने भनेर अहिले चिन्ता भएको दुखेसो पोख्नुभयो । यो आर्थिक वर्षको असारमसान्तमा सबैको खातामा तलब भत्ताको घण्टि बज्यो होला तर हामी चंखेली गाउँपालिकामा कार्यरत कर्मचारीको बज्न सकेन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?