
काठमाडौं । नबिल बैंकले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन उपलब्ध गराएको छ । बैंकले काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई उक्त वाहन हस्तान्तरण गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रम अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका अभियान सञ्चालन गर्दै आएकोमा मानव सेवा आश्रमलाई सहयोग उपलब्ध गराएको हो । मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहन अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धारमा कठिनाइ हुँदै आएकोमा नबिल बैंकबाट प्राप्त गाडीले सेवा सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पुर्याउँदै आउनुभएकी गायिका आनी छोइङ डोल्माले पनि लक्षित मानिसलाई सवारीसाधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताउनुभएको थियो । मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी सात हजारभन्दा बढीलाई आश्रय दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच