काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था लघुवित्त एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु भएको छ । दुर्ई लघुवित्त एक आपसमा मर्ज भएपछि बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो ।
नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्जपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ । यी दुर्ई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मर्जरपछि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नेपालभर दुर्ई सय ३६ शाखा रहेका लघु वित्तको सदस्य संख्या दुई लाख १६ हजार, ऋणी संख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन चार अर्ब पुगेको बताइएको छ ।
संस्थाका अध्यक्ष लोकराज शर्माले भन्नुभयो, ‘आगामी दिनमा संस्थाले सेवाग्राहीको सेवा थप ग्राहकमैत्री बनाउँदै दूरदराजमा रहेका ग्रामीण बस्तीमा आफ्नो उपस्थिति जनाउनेछ । मातृभूमि लघुवित्तलाई नेपालको एक सबल, सक्षम र अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित गर्न हामी प्रतिबद्ध छौँ ।’ शाखा मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहा ४ मा रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच