विद्यार्थीलाई प्रभु क्यापिटलको अभिमुखीकरण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ का अवसरमा प्रभु क्यापिटलले बिहीबार वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वित्तीय सप्ताह खासगरी किशोर तथा युवा–युवतीमा वित्तीय शिक्षाको महŒव जागरण गराउने उद्देश्यले ओइसिडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । यस वर्ष ग्लोबल मनी विकका अवसरमा क्यापिटलले विभिन्न कार्यक्रम गरी सञ्चालन गर्ने क्रममा भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमअन्तर्गत कम्पनीले ग्वार्काेस्थित काठमाडौं कलेज अफ म्यानेजमेन्टमा स्नातक अध्ययन गर्दै गरेका विद्यार्थीका लागि भिजिट मर्चेन्ट बैंक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले पुँजी बजार, लगानी तथा जोखिमका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?