काठमाडौं । आइएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम–एपिआइएमएस उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्स सेवा थप स्वचालित बनाउन रेमिट स्विच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार आइएमईलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेका अभ्यासअनुसार सबै आन्तरिक र बाहृय प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विचमार्फत् ओपन एपिआई स्ट्याण्डर्ड फलो गरिने कम्पनीले जनाएको छ । आइएमईमार्फत् प्रदान गरिने एपिआईको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाहृय साझेदारका लागि खुला परीक्षणको वातावरणसमेत प्रदान गरिने बताइएको छ ।
उक्त प्रविधिमार्फत् एपिआई इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाहृय साझेदार आफैं सिस्टम इन्टिग्रेसन प्रक्रियामा अगाडि बढ्न सक्ने पनि कम्पनीले जनाएको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसात गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवा थप चुस्त तथा भरपर्दो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच