मुगु । दुर्गम हिमाली जिल्ला मुगुले २७ वर्ष पछि नेपाली कांग्रेसबाट संघिय सरकारमा प्रतिनिधित्व गर्न पाएको छ ।
नेपाली कांग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रीपरिषद मुगु जिल्लाका तत्कालिन प्रनिनिधी सभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री हुनु भएको थियो भने २०५२ सालपछी शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा मल्ल नै शिक्षा राज्यमन्त्री हुनु भएको थियो उहाँ २०५३ सालसम्म उक्त मन्त्री मण्डलमा रहनुभयो ।
२०५३ साल यता देशमा कति सरकार बने ढ्ले तर मुगु जिल्लाले कहिल्यै संघीय मन्त्रीपरिषदमा अवशर पाएन ।
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ गठित सरकारमा मुगु जिल्लाबाट प्रनितिधी सभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुनुहुन्छ ।
यस्तो छ, शाहीको राजनितीक पृष्ठभूमि
मन्त्री ऐनबहादुर शाही मुगुमा निकै लोकप्रिय, मदुभाषी, शालिन नेताको रुपमा चिनिन्छन् । आम नागरिकसँगै पाटीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो छ । मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासको समेत अपेक्षा गरेको छ ।
शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् भने वहालवाला नेपाली काङ्ग्रेस मुगु जिल्ला पाटी सभापती पनि हुन ।
२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका २ जडेपानी गाउमा जन्मेका शाही २०४४÷०४५ ताका नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा होमिएका थिए । २०४८- ०५१ र २०५२ - ०५३ मा शाही तत्काली शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्लको स्वकिय सचिव भएर काम गरेका शाही बहुदलिय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु लिल्ला सभापतिमा निर्वाचित भएका थिए ।
२०७० मा पहिलो पटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले एमालेका मोहन बानियाँसङ्ग पराजित हुन पुगेका थिए । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए भने २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए यो बेला निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेद्वार राजबहादुर कार्कीलाई पराजित गदै ठुलो मतान्तरले विजयी भएका थिए । झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भए ।
शाहीले औपचारिक शिक्षा अन्तर्गत स्नातक तह उतीर्ण गरेका छन् । भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र कर्णाली सहित मुगु जिल्लाको विकासमा ठुलो योगदान गर्ने यहाँका जनताले विश्वास लिएका छन् । माओवादिहरुले घर नै लुटेपछी परिवारै विस्तापित भएका थिए ।
तत्कालिन माओवादिहरुले काङ्ग्रेस भएको भन्दै २०५८ साल माघ १७ गते शाहिका ३ बुवाहरुका सबै घर,सम्पती लुटेर लग्दा पुरै ८० जनाको परिवार विस्थापित भएका थिए ।
शान्ती प्रकृयामा माओवादी न आउँदासम्म शाहीका सबै परिवार कोहि सदरमुकाम गमगढी, कोहि काठमाडौं त कोहि नेपालगन्जमा बसाेबास गर्न विवस थिए। तत्कालिन माओवादीले सबै सम्पती लुटेका थिए । शान्ती प्रकृया शुरु भएपछि शाहीको परिवार बिस्तारै लहमा आउँदै गरेको बेला केपि शर्मा नेतृत्वको नव गठित मन्त्री परिषदमा ऎन बहादुर शाही वन तथा वातावरण मन्त्री भएपछि नेपाली काङ्ग्रेसले न्याय गरेको स्थानियहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच