
मड्रिड । किलियन एमबाप्पेले रियल म्याड्रिडमा आबद्ध हुनुभएको छ । खचाखच भरिएको स्यान्टियो बर्नाबेउमा मंगलबार उहाँलाई स्वागत गरिएको हो । फ्रान्सका २५ वर्षीय फरवार्ड एमबाप्पेले पेरिस सेन्ट जर्मेनसँगको सम्झौताको म्याद सकिएपछि जुलाईमा क्लबसँग पाँच वर्षको सम्झौता गर्नुभएको थियो । तर, युरो २०२४ मा फ्रान्सको संलग्नताका कारण उहाँको प्रस्तुतिमा ढिलाइ भएको थियो । जहाँ टोली स्पेनसँग सेमिफाइनल चरणमा पराजित भएको थियो ।
स्वागतसँगै उहाँले आफ्नो बाल्यकालको सपना पूरा भएको बताउनुभयो । बर्नाबेउमा ८० हजारभन्दा बढी समर्थकहरूको भिडलाई सम्बोधन गर्दै एमबाप्पेले आफूले सधैं रियल म्याड्रिडको खेलाडी भन्न सक्ने क्षणको सपना देखेको बताउनुभयो । एमबाप्पेले भन्नुभयो, ‘मैले रियल म्याड्रिडबाट एक दिन खेल्ने सपना देखेर रात बिताएँ र आज म एक खुसी मान्छे हुँ । मेरो परिवार यहाँ धेरै खुसी छ । म मेरी आमा रोएको देख्न सक्छु । यो मेरा लागि अविश्वसनीय दिन हो, मैले यो दिनको सपना सानैदेखि देखेको थिएँ । यो दिन मेरा लागि धेरै अर्थपूर्ण छ ।’ एमबाप्पेले पिएसजीबाट ३०८ खेलमा २५६ गोल गर्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच