काठमाडौं । हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) का अवसरमा युक्ति फाउण्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता शनिबार किङ्स कलेज, बबरमहलमा आयोजना गर्ने भएको छ । विश्व बुद्धिचाल महासंघ (फिडे) ले आफ्नो स्थापनाको एक सयौं वर्ष पनि मनाइरहेको छ । यही अवसरमा फिडे यसपालि २० जुलाईमा २४ घण्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वल्र्ड रेकडर््स’ कायम गर्ने अभियानमा रहेको छ, जसलाई उसले फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ नाम दिएको छ । फिडेको यही अभियानअन्तर्गत नेपालमा ‘हिमालयन १००’ आयोजना गर्न लागिएको हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिषा खम्बूले बताउनुभयो ।
नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियनसमेत रहनुभएकी खम्बूले भन्नुभयो, ‘फिडेले १ सय वर्ष पुगेका अवसरमा विश्व कीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिनका लागि हामीले हिमालयन १०० आयोजना गर्न लागेका छौँ । स्विस प्रणालीका आधारमा १० राउण्डमा सञ्चालन गरिने प्रतियोगितामा एक सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’ पहिला नाम दर्ता गर्ने खेलाडीलाई प्रतियोगितामा अवसर दिइने पनि उहाँले बताउनुभएको छ ।
युक्ति फाउण्डेसनकी प्रतिनिधि युक्ति लामा श्रेष्ठले भन्नुभयो, ‘चेस खेलेरै गिनिज वल्र्ड रेकर्ड्स बनाउने विश्वव्यापी अभियानमा सहकार्य गर्न पाउँदा खुसी लागेको छ । मानिसको बौद्धिक विकाससँग प्रत्यक्ष जोडिएको खेल चेसमा सानै उमेरदेखि नै आकर्षित गर्न चाहन्छौँ ।’
कुल ५१ हजार पाँच सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले सात हजार, तेस्रो हुनेले चार हजार, चौथोले तीन हजार तथा पाँचौँ हुनेले दुई हजार पाउनेछन् । त्यस्तै, छैटौँदेखि शीर्ष १० मा अटाउने खेलाडीले जनही एक हजार प्राप्त गर्नेछन् ।
महिलाको विजेताले तीन हजार, उपविजेताले दुई हजार र तेस्रो हुनेले एक हजार हात पार्नेछन् । त्यस्तै, अनरेटेड, यू-९, यू-११, यू-१३, यू-१५, बेस्ट एचसिए, उत्कृष्ट विद्यार्थी (१० कक्षासम्म र १० कक्षामाथि), रेटिङ १७०० मुनि, १९०० मुनि र भेट्रान (५५ वर्षमाथि) गरी ११ विधालाई पनि समावेश गरिएको छ । सबै स्पर्धाका विजेताले एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् । तर, कुनै पनि खेलाडीलाई दोहोर्याएर पुरस्कार प्रदान गरिने छैन ।
खेलाडीले प्रतियोगिताका निम्ति नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार तोकिएको एकेडेमीले जनाएको छ । हिमालयन १०० को भेन्यु पार्टनर किङ्स कलेज, स्टाइलिङ पार्टनर ले लर्ड, फुटवेयर पार्टनर खडाउ रहेका छन् । क्लोथिङ ब्राण्ड कोक्रोमाले पनि साथ दिएको छ ।
हिमालयन चेस एकेडेमीले दोस्रो प्रतियोगिताका रूपमा हिमालयन १०० आयोजना गर्न लागेको हो । उसले यसअघि एसइई कप –असार ८–९) गते आयोजना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच