काठमाडौं । नवोदित कलेज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबीच आर्थिक अवस्था कमजोर भएको कलाकारको परिवारलाई अध्ययनमा छुट दिने विषयमा सात बुँदे सहमति भएको छ । कलाकारको परिवारलाई नवोदित कलेजमा अध्ययन गराएमा ५० प्रतिशत छुट दिने विषयमा दुवै पक्षबीच सहमति भएको हो । नवोदित कलेजका तर्फबाट प्रिन्सिपल राजेन्द्र अधिकारी र प्रतिष्ठानको अध्यक्ष रीता थापाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
प्रतिष्ठानको कार्यालय टोखामा सचिवालयको बैठकको अवसरमा नवोदित कलेजको तर्फबाट प्रिन्सिपल राजेन्द्र अधिकारी, नवोदित स्कुलका भाइस प्रिन्सिपल विकासराज शर्माको उपस्थिति थियो । कक्षा ११ र १२ मा अध्ययन गर्न आउने कलाकार, वाद्यवादक र प्राविधिकका परिवारलाई कलेजले ५० प्रतिशत छुट दिने र १० जनालाई निःशुल्क भर्ना दिने व्यवस्था गरेको छ ।
नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले कलाकारितामा लागेको तर आर्थिक अवस्था कमजोर भई छोराछोरीलाई अध्ययन गराउन नपाएका अभिभावकलाई भर्ना र मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरी शिक्षाबाट वञ्चित नगराउन अनुरोध गर्नुभयो । अधिकारीले भन्नुभयो, ‘उच्च शिक्षा हासिल गर्न नपाएर कलाकारका परिवारले अप्ठ्यारोमा परेको खण्डमा प्रतिष्ठानले सिफारिस गरेबमोजिम छुटको व्यवस्था गर्नेछौं ।’ व्यवस्थापन, मानविकी, विज्ञान, कानुन विषयमा अध्ययन गर्न चाहने कलाकारहरूको परिवारले प्रतिष्ठानको सिफारिशका आधारमा छुट दिने प्रिन्सिपल अधिकारीले बताउनुभयो ।
त्यसैगरी प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नवोदित कलेजले कलाकारका लागि सकारात्मक सोचिदिएकोमा हार्दिक आभार प्रकट गर्दै भन्नुभयो, ‘कलाकारका छोराछोरीलाई नवोदित कलेजमा अध्ययन गर्न विशेष छुट दिने व्यवस्थाले अप्ठ्यारो अवस्थामा रहनुभएका कलाकारलाई सहयोग पुग्नेछ ।’ अध्यक्ष थापाले प्रतिष्ठानको जिल्ला, प्रदेश समन्वय र केन्द्रका सदस्यहरूको परिवारले केन्द्रका पदाधिकारीसँग समन्वय गरी उच्च शिक्षाका लागि नवोदित कलेजमा भर्ना हुन अनुरोधसमेत गर्नुभयो । शिक्षाविना भविष्य अन्धकार भएको अवस्थामा नवोदित कलेजले दिएको ५० प्रतिशत छुटको व्यवस्था सह्रानीय काम भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच