काठमाडौं । प्राडा.तुलसीराम वैद्यको निधन भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउप-कुलपति, इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, इतिहाशविद् प्राडा.तुलसराम वैद्यको ८५ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
विसं १९९६ साल फाल्गुण १७ गते जन्मिुनभएका वैद्यले अलाहवाद विश्वविद्यालयबाट इतिहास विषयमा एम.ए.तथा पिएच.डी.गर्नु भएको थियो । २०१७ साल आषाढ १८ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्य सुरु गर्नुभएका उहाँले इतिहास केन्द्रीय विभागमा प्राध्यापक र विभागीय प्रमुख हुनुका साथै राष्ट्रिय विकास सेवाको निर्देशक, मानविकी तथा सामाजिकशास्त्र संकायका डिन, त्रि.वि.प्राज्ञिक परिषद्का सदस्य सचिव, परीक्षा नियन्त्रक आदि पदमा सक्रिय रूपमा कार्य गर्नु भएको थियो । डा.वैद्य एक्लैले आठवटा र सहलेखक भई सोह्रवटा पुस्तक प्रकाशित गर्नुभएको छ । उहाँले नेपाली सेनाको सैनिक संग्राहलय स्थापना गर्न करिब दुई वर्षसम्म विशेषज्ञ सल्लाहकारको रुपमा काम गर्नु भएको थियो ।
प्राडा.तीर्थ मिश्रका अनुसार उहाँले त्रि.वि.अन्तर्गत सबैभन्दा धेरैलाई शोधार्थीलाई पिएच.डी.गराउनुका साथै दुई दर्जनभन्दा बढी विदेशी पिएचडी शोधार्थीको शोधग्रन्थ मूल्यांकन गर्नुभएको छ । एशियाका इतिहासकारहरूको अन्तर्राष्ट्रिय संघका उपाध्यक्ष र नेपाल इतिहास संघका अध्यक्षसमेत रहनुभएका डा.वैद्य विभिन्न अन्तर्राष्ट्रिय सम्मलेनमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ अनेक संघ संगठनहरूबाट सम्मानित तथा विभूषित हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । इतिहाशविद् प्राडा. तुलसराम वैद्यको निधनमा हिमालय टाइम्स परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना अर्पण गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच