झापा। भारतीय मुलका फूलनर्सरी व्यवसायीलाई चक्कु प्रहार गरी फरार दुईजनाकाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङका रोहन तामाङ र इलाकाका भद्रबहादुर बस्नेत छन् ।
उनीहरूले साउन २ गते (बुधबार) राति ११ बजे व्यवसायी हविबुल इस्लामलाई ढाड र कुममा चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घाइते व्यवसायीको चिन्ताजनक अवस्थामा विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
उनीहरूले व्यवसायी इस्लामलाई लुटपाट गर्ने उद्देश्यले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । राति छुरा प्रहार गरेर भागेका उनीहरूलाई बिर्तामोडको सुगम पेट्रोलपम्प नजिक लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको हो ।
छुरा प्रहार गर्ने २६ वर्षीय तामाङ बिर्तामोड नगरपालिका ६ र २१ वर्षीय बस्नेत बिर्तामोड ५ मा डेरा गरेर बस्दै आएको अनुसन्धानबाट खुलेको इप्रका बिर्तामोडले जनाएको छ । ३५ वर्षीय व्यवसायी इस्लाम केही वर्ष अघिदेखि बिर्तामोडमा नै फूलनर्सरी गर्दै आउनु भएको थियोे ।
इप्रका बिर्तामोडमा राखिएका उनीहरूले अपराध स्वीकार गरेका छन् । बिर्तामोड र बसपार्क प्रहरीको संयुक्त टोलीले पक्राउ गरेका उनीहरूलाई लुटपाट तथा ज्यान मार्ने अपराध अन्तरगत कारबाही गरिने प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच