
काठमाडौं । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार बिहान गृह मन्त्रालयमा भएको भेटवार्ताको क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाइ तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको मन्त्री लेखकको सचिवालयले जनाएको छ।
भेटमा राजदूत थम्पसनले नेपालको सामाजिक र आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न आफू सधैं इच्छुक रहेको बताउनु भएको थियो। उहाँले एमसीसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास गर्दै परियोजना कार्यान्वयनमा नेपाल सरकारको तर्फबाट सधैं सहयोग हुने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच