नयाँदिल्ली । भारतीय टी-२० क्रिकेट टोलीको नयाँ कप्तानमा ब्याटर सूर्यकुमार यादव नियुक्त हुनुभएको छ । भारतले श्रीलंकासँग हुने तीन टी-२० आई सिरिजका लागि सूर्यकुमारको कप्तानीमा टोलीको घोषणा गरेको हो । गत महिना भारतले टी-२० विश्वकप उपाधि जितेपछि तत्कालीन कप्तान रोहित शर्माले सन्न्यासको घोषणा गर्नुभएको थियो ।
भारतले श्रीलंकासँग तीन ओडिआई पनि खेल्ने तालिका छ । रोहितले सन्न्यास लिएपछि सूर्यकुमारसँगै हार्दिक पान्ड्या, शुभमन गिललाई कप्तानको रूपमा हेरिएको थियो । हार्दिक विश्वकप जित्ने टोलीको उपकप्तान हुनुहुन्थ्यो । यसपटक शुभमनलाई उपकप्तान नियुक्त गरिएको छ । जिम्बाब्वेसँग हालै भएको पाँच टी-२० शृंखलामा शुभमनले कप्तानी गर्नुभएको थियो । भारतीय ओडीआई टोलीको कप्तानी रोहितले नै गर्नुहुनेछ । भारत र श्रीलंकाबीच पहिलो टी-२० साउनमा १२ गते, दोस्रो साउन १३ गते र तेस्रो साउन १५ गते हुनेछ । दुई टोलीबीचको ओडिआई साउन १८ गते सुरु हुनेछ ।
भारतीय टोलीमा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषभ पन्त, सञ्जु स्यामसन, हार्दिक पान्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिन्टन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहम्मद सिराज रहनुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच