एजेन्सी । प्रविधिमा शुक्रबार आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ । अष्ट्रेलियाको जेटस्टार जहाज विमानस्थलमै अलपत्र परेको थियो भने सुपरमार्केट र प्रसारण माध्यममा समस्या आएको छ ।
यो समस्या आएपछि केही घण्टाबाट अष्ट्रेलिया सबैभन्दा बढी प्रभावित बनेको थियो । त्यसैगरी, अमेरिकन एयरलाइन्सले उडान गर्न सकेनन् ।
यसको मुख्य कारण पत्ता नलागे पनि धेरैजसो ठाउँमा माइक्रोसफ्टमा समस्या आएको समाचारमा उल्लेख गरिएको छ । यसैगरी, न्युजिल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थल र संसद्को कम्प्युटर प्रणालीमा व्यवधान उत्पन्न भएको छ ।
सोही समस्याका कारण जापान र भारतका हवाई उडानमा समेत समस्या आएको थियो । भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तलिखित सूचना टाँसिएको थियो । त्यसकै आधारमा यात्रुहरूले उडान गरेका थिए । यसको असर नेपालका बैंकमा पनि देखिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच