सियारी गाउँपालिकाको रोजगार रणनीति: रोजगारी प्रवर्द्धन र क्षेत्र पहिचान गर्न सहज

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले रोजगार रणनीति तयार गरेको छ । आर्थिक बर्ष २०८१/०८१ देखि २०८४/०८५ सम्ममा श्रम तथा रोजगारीका क्षेत्रमा गरिने कामलाई आधार बनाएर रोजगार रणनीति बनाएको हो ।

नेपाल सरकारको निर्देशन बमोजिम सियारीले रोजगार रणनीति बनाएको हो । सियारी, रोजगार रणनीति बनाउने लुम्बिनी प्रदेश सरकारको पहिलो पालिका हो ।

पालिकाले अन्तिम मस्यौदा प्रतिबेदन सम्बन्धी छलफल गर्दै रोजगार रणनीतिलाई पुर्णता दिएर कार्यन्वयनका लागि अगाडि बढाईएको रोजगार संयोजक श्रृजना भुषालले बताउनु भयो ।

उहाले आन्तिरिक रुपमा रोजगारी प्रवर्द्धन गर्न, रोजगारीका क्षेत्र पहिचान गर्न तथा एकिकृत सेवा केन्द्र निर्माण गर्न रोजगार रणनीतिले महत्वपुर्ण सहयोग गर्ने उल्लेख गर्नु भयो ।

सियारीले सिपमुलक दक्ष श्रमशक्तिको विकास दिगो र समाबेशी रोजगारीको आधार भन्ने सोचका साथ तयार गरिएको रणनीतिमा सबैखाले श्रम बिभेदको अन्त्य गर्दै सिपयुक्त व्यवसायिक जनशक्तिको विकास मार्फत् रोजगारी र स्वरोजगारी प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीको हकलाई कार्यान्वयन गर्ने तथा आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्धेश्य अनुरुप रोजगार रणनीति बनाईएको बताउनु भयो । अध्यक्ष घिमिरेले अनौपचारिक रोजगारीका क्षेत्रलाई औपचारिकतामा रुपान्तरण गर्ने, गाउँपालिका भित्रका रोजगारदाताहरुसंग समन्वय गरी रोजगारदाताबाट माग भए बमोजिम सुचिकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्नका लागि राणनीति फलदायि बन्ने उल्लेख गर्नु भयो ।

सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारीमा रहेका अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारकर्मीको रुपमा स्थापित गर्नका लागि रणनीतिले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले आगामि दिनमा सियारीमा रहेका बेरोजगार युवालाई रोजगारीमा समाबेश गराई सियारीलाई बेरोजगारमुक्त पालिका बनाउन लागि परेको बताउनु भयो ।

सियारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले सियारी भित्र अहिले ३ हजारको हारामारीमा औपचारिक रुपमा रोजगाारीमा रहेका र ६ हजारको हाराहारीमा अनौपचारिक रोजगारीमा रहेको बताउनु भयो । उहाँले अनौपचारिक रोजगारीमा रहेका युवाहरुको तथ्याङक संकलन गरी उनीहरुलाई पनि औपचारिक रोजगारीमा समाबेश गरी राज्यले तोकेको सेवा सुबिधा भित्र राख्न पहल गरिएको बताउनु भयो ।

सियारीले रोजगारीको हकलाई कार्यन्वयन गर्दै आन्तरिक रोजगारीको प्रबर्द्धन पनि गर्दै जाने गरी रणनीतिलाई कार्यन्यन गर्न लागिएको जनाएको छ । सियारीमा रहेको रोजगार सेवा केन्द्रले सुचिकृत बेरोजगार युवालाई रोजगारीमा लगाउने, रोजगारीका क्षेत्रको पहिचान गर्ने, अनौपचारिक रोजगारकर्मीलाई औपचारिक रोजगारीमा रुपान्त्रण गर्नेलगाएतका काम गरेको अध्यक्ष घिमिरेले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?