सञ्चारकर्मी दयाराम घिमिरेको चलचित्र लेखनमा डेब्यु

Read Time = 2 mins

काठमाडौं । सञ्चारकर्म, म्यूजिक भिडियो निर्देशन, बृत्तचित्र निर्देशन तथा चलचित्रको मुख्य सहायक निर्देशक हुँदै सञ्चारकर्मी दयाराम घिमिरेले चलचित्र लेखनमा पनि आफ्नो सक्रियता बढाएका छन् । निर्देशक उदय सुब्बाको चलचित्र दुई कदम बाट घिमिरेले चलचित्र लेखकको रुपमा डेब्यू गरेका हुन् ।

म्यूजिक भिडियो निर्देशन संगै बृत्तचित्र निर्माण निर्देशनमा घिमिरे लामो समय देखि क्रियाशिल छन् । उनका भिडियो तथा बृत्तचित्रमा मौलिक कथा र ठेट नेपालीपन पाइन्छ ।

चलचित्र दुई कदममा अर्गानिक प्रेमकथा संगै नेपालको पूर्वी क्षेत्रमा रहेको ऐतिहासिक तथा किराँत संस्कृतिलाइ देखाउने प्रयास गरिएको लेखक घिमिरेले जानकारी दिए ।

धनकुटामा जन्मिएका घिमिरेले हाल सम्म ३ दर्जन भन्दा बढि म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् भने उनले बनाएको बृत्तचित्र 'जोगी'ले स्वदेश तथा बिदेश बाट बिभिन्न अवार्ड पनि हासिल गर्न सफल भएको छ । लेखक घिमिरे कान्तिपुर फिल्म एकेडमीका सञ्चालक समेत हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?