अमेरिकामा कोभिड समाप्तः बाइडेन

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् । कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो ।

‘महामारी समाप्त भएको छ । हामीसँग अझै पनि कोभिडको समस्या छ । हामी अझै यसमा धेरै काम गरिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने । तर, केही साताअघि मात्र बाइडेनले कोभिड परीक्षण र खोप सञ्चालनहरू जारी राख्न कांग्रेसबाट अरबौं डलर निकास गर्न अनुरोध गरेका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?