काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।
आईतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्नुहुने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो ।
पार्टीका सबै सांसदहरुसँग घनिभुत छलफल गरेर सो निर्णयमा पुगिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । त्यसैगरी सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
प्रमुख सचेतक परियारले भन्नुभयो ,‘सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत जो माग्नुभएको छ । त्यसमा पार्टीका सबै सांसदहरुले घतिभुत छलफल गरेर सो प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्यौं । र ह्वीप पनि जारी गरी सकेका छौं । ’
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच