काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बीपी कोइराला राष्ट्रिय पुरस्कार-२०८० चारजनालाई प्रदान गरेको छ । आइतबार बिहान काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो । पुरस्कृत चारैजनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो । राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्राडा.योगेन्द्रप्रसाद यादव र डा.हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला छ । मन्त्रालयले विसं २०७८ देखि यो पुरस्कार प्रदान गर्दै आएको छ ।
बीपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोह उहाँहरूलाई पुरस्कार अर्पण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बीपी कोइरालाले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्याउँछु भनेकैले उहाँलाई जेलमा हालिएको बताउनुभयो । सोही कारण बीपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उहाँले सुनाउनुभयो ।
‘झुटा आरोप र मुद्दाका आधारमा बीपीलाई जेल हालियो, कांग्रेसले गद्दीमा ल्याएर राखेका राजाले बीपीलाई बिनाकारण जेल हाले, बीपीले सत्यको मार्ग हिँडेर जीवनभर मूल्य चुकाउनुभयो, सत्य बोल्ने र सही काम गर्ने हो भने मूल्य चुकाउनुपर्छ भन्ने मानसिकताले उहाँ अघि बढ्नुभएको थियो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
बीपीले विसं २०३५ मा बिबिसीलाई दिनुभएको अन्तर्वार्तामा तर्कसहित स्पष्ट रूपमा राष्ट्रिय एकताको सवाल उठाउनुभएको उहाँले सुनाउनुभयो । अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने बीपीको जीवनकथा पढ्न रोमाञ्चक भए पनि भोग्न सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘जीवनमा संघर्ष गरेरै बीपीले राजनीति र साहित्यलाई नयाँ उचाइमा लग्नुभयो, बीपीका बेलाको बलिदान र संघर्ष अहिलेको पुस्तालाई कथाजस्तो लाग्नसक्छ, त्यस्तै संघर्ष गरेकैले बीपी कालजयी व्यक्तित्व बन्नुभयो’, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच