म विगत तीन वर्षदेखि मुखको क्यान्सरबाट ग्रसित भएको छु । नेपालका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराउँदा लगभग २५ लाख रुपैयाँ खर्च लाग्दा पनि मलाई लागेको रोग निको नभएछि सम्बन्धित डाक्टरसँग सल्लाह गर्दा भारतको दिल्लीस्थित देवाक्स नर्सिङ होम क्यान्सर अस्पतालमा उपचार गर्नुपर्ने र त्यसका लागि लगभग १५ लाख रूपैयाँ लाग्नसक्ने जानकारी दिनुभएको छ ।
घरको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेकाले थप उपचारमा लाग्ने रकम जम्मा गर्नसक्ने अवस्था म र मेरो परिवारमा छैन । जसका कारणले गर्दा मेरो थप उपचार गर्न कठिन अवस्था हुँदै गएको छ । त्यसैले यदि सहृदयी दाताहरूले आफ्नो इच्छानुसार रकम सहयोग गरिदिनुभयो भने नयाँ जीवन पाउने थिएँ ।
इच्छुक महानुभावहरूले प्रभु बैंक कलैया शाखामा मेरो नाममा रहेको बचत खाता नम्बर ०६१०२६०५५१५०००१२ मा रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ । साथै मेरो सानी आमा वविता चौधरीको नम्बर ९८६५५१३३८९ र हाल काठमाडौं बस्नुहुने निरञ्जन मैनालीको ९८४५६४६५६३ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । यहाँहरूको सहयोगका लागि आजीवन म ऋणी रहनेछु ।
कृष्ण चौधरी
बारा, जितपुर, सिमरा-१९ इनर्वा सिरहा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच