
विराटनगर । आठौँ संस्करणको ‘मिस कोशी २०२४’ का विजेता तथा उपविजेतालाई विराटनगरमा सम्मान गरिएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले एक कार्यक्रम गर्दै सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा ‘मिस कोशी’का विजेता सुनसरी इटहरी १९ तरहराकी शुभलक्ष्मी राई, ‘फस्ट रनरअप’ धरानकी निशा हाङ्मा लिम्बू, ‘सेकेण्ड रनरअप’ झापाकी निगम मोक्तान तामाङ, ‘थर्ड रनरअप’ जुम्लाकी कृति बस्नेत र ‘फोर्थ रनरअप’ इटहरीकी स्वस्तिका राई हुनुहुन्छ ।
सुनसरीको धरानमा शनिबार भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मीले ‘मिस कोशी’को उपाधि चुम्नुभएको थियो । उपाधिसँगै उहाँले नगद एक लाख रुपैयाँ र विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गर्नुभएको थियो ।
उनीहरूलाई कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, सिइओ निशा खतिवडा रायले सम्मान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच