‘रोशनी’ को ‘अधुरो छु म तिमीबिना’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्र ‘रोशनी’को गीत ‘अधुरो छु म तिमीबिना’ युट्युबमार्फत् सार्वजनिक गरेको हो । सार्वजनिक भएको गीतमा ओम सुनार र अञ्जु पन्तको स्वर रहेको छ भने शब्द संगीत ओमको नै छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गर्नुभएको छ ।

चलचित्रमा कशिस र रमेशका अलावा नितल पल, सुरज राना, मेनुका गिरीलगायतका कलाकारको अभिनय छ । चलचित्रलाई अभिनेता रमेशले नै लेख्नुभएको हो भने खुबबहादुर सुनारले निर्देशन गर्नुभएको छ ।

गौतमराज खड्काको सम्पादन, गोपाल परियार र वीर मास्टरको एक्सन र अर्नुनकुमार सुनारको डिओपी रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, डा. कृष्णहरि बरालको शब्द रचनासमेत रहेको छ । रमेश अब्जु, मिलनकुमार भारी र अजय अब्जुको यो चलचित्रमा लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?