खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ पाठकमाझ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ पाठकमाझ आएको छ । यो पुस्तकको केही दिनअघि विमोचन गरिएको थियो । चलचित्र ‘पानीफोटो’ निर्माण तथा निर्देशन गर्दाको यात्रा र अनुभवलाई समेटेर पुस्तक तयार पारेको लेखक खगेन्द्रले जानकारी गराउनुभयो ।

आफूले सिनेमा नर्देशन गर्दा चलचित्र निर्माणको प्रक्रियाबारे जानकारी दिने नेपाली लेखकको पुस्तक खोजे पनि नपाएकाले यो पुस्तक सिनेमाका विद्यार्थीमा लागि सहयोगी बन्न सक्ने उहाँको भनाइ छ । उहाँ यो पुस्तकलाई ‘निर्देशकको यात्रा’ भन्न रुचाउँनुहुन्छ । आफैं लेखक र निर्देशक हुँदाका कमजोरी पनि पुस्तकमा समेटिएको उहाँ बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?