हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा रहेको आधारभूत स्वास्थ्य केन्द्र बर्थिङ सेन्टरमा सोमबार ताला लगाइएको छ । वडा नम्बर २ थाली गाउँमा रहेको शंकर माध्यामिक विद्यालय व्यवस्थापन समितिले गाउँमै भएको बर्थिङ सेन्टरमा ताला लगाएकाे हाे ।
विद्यालयको खाली रहेको जग्गामा बर्थिङ सेन्टरको भवन निर्माण गरी स्वास्थ्य सेवा सञ्चालन हुँदै आएपनि रु ६ लाख पचास हजार नपाउँदा सोही विद्यालयका व्यवस्थापन समितिले सोमबार ताला लगाएको बताइएको छ ।
अभिभाव संघका अध्यक्ष संकेश रावलको नेतृत्वमा आधारभूत स्वास्थ्य केन्द्र बर्थिङ सेन्टरमा ताला लगाइएको हो । विद्यालयलाई उक्त रकम दिने भनी कागजी निर्णय गरेर सहमती गरेपनि कार्यान्वय नभएर ठेकेदारले दिनु पर्ने रकम नदिएका कारण ताला लगाएको बताइएको छ ।
दुई कोठे बर्थिङ सेन्टरमा सोमबार ताला लगाउँदा सम्पूर्ण स्वास्थ्य सेवा ठप्प भएको छ । स्वास्थ्य जस्तो संवेदनशील स्थानमा ताला लगाउँदा सेवाग्राही मर्कामा परेकाे स्थानीयकाे गुनासाे छ ।
सोमबार दिनभर थाली गाउँका सेवाग्राही बर्थिङ सेन्टरमा ताला लगाउँदा सेवा पाउनबाट बन्चित भए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच