काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको संस्थापक एनआइसी एसिया बैंकबाट २०७७ सालदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गर्दै आउनुभएका लक्ष्मण चालिसेको बिदाइसँगै संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा चोलाराज शर्मा जोशी नियुक्त हुनुभएको छ ।
बर्दियाको मधुवन नगरपालिका ७ स्थायी ठेगाना भई हाल काठमाडौंको जडीबुटी बस्ने वर्ष ५३ का जोशीलाई चार वर्षका लागि सिइओमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।
नवनियुक्त सिइओे जोशीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम सोमबार संस्थाका अध्यक्ष प्रकाशराज शर्मासमक्ष शपथ ग्रहण गरी पद बहाल गर्नुभएको छ । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभवी जोशी मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर हुनुहुन्छ । उहाँको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त संस्थामाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाका रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच