फूलजोर खोलाको पुल भत्किँदा जोखिम बढ्यो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-३, जब्दी भैरवपुर र ईश्वरपुर नगरपालिका-८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलमा बाढीले दायाँबायाँ कटान गरेकोले सडकमा आवत जाहात समस्या परेको छ । लालबन्दी नगरपालिका-३, जब्दी भैरवपुर पटि कम क्षति भयको ठाउँमा माटो भर्ने काम गरिएको भएपनि ईश्वरपुर नगरपालिका-८, रामपुर साइडमा भने ठुलो भ्वाङ परेको छ । त्यस भ्वाङ नपूरिदा दुर्घटनाको जोखिम धेरै भएको छ ।

अविरल वर्षापछि खोलामा आएको बाढीले दुवै भागमा सडक बगाएर ठूलो भ्वाङ परेको थियो । दायाँबायाँको गट्टी, बालुवा र माटो बगाएपछि पुल नै जोखिममा परेको र दुर्घटना हुने डर रहेको भन्दै दुवै नगरपालिकाले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यानाकर्षण गराएका थिए । कार्यालयले ठेकेदारलाई परिचालन गरी कटान गरेको सडकमा तटबन्ध कसेर माटो भर्ने काम प्रदान गरेको भय पनि ठेकेदारको लापरवाईले हाल सम्मपनि केहि बाँख गाड्ने बाहेकको काम नगर्दा दुर्घटनाको जोखिमा बढेको छ ।

हाल ईश्वरपुर नगरपालिका-८, रामपुर साइडमा पुल र सडक जोड्न भरिएको ग्रावेल खोलाले बगाउँदा पुर्ण रूपमा सवारी आवत जाहात बन्द भएको छ भने पैदल हिँड्ने मानिस तथा साइकल र मोटरसाइकल मात्र जोखिम मोलेर हिँडिरहेका छन् । पानी बन्द भएको समेत एक हप्ता भन्दा धेरै दिन भैसक्दा पनि पुल निर्माणमा तथा गिट्टी, बालुवा र माटो भर्ने जिम्मा पायको ठेकेदारलाई काम लगाउन नसक्नु सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ठुलो लापरवाही भएको स्थानियले बताएका छन् ।

जब्दीतर्फको भागमा बाँसको अस्थायी तटबन्ध बनाइ माटो भर्ने काम सम्पन्न भइसकेको लालबन्दी नगरपालिका-३ का वडाध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिनुभयाे ।

अत्यन्त ढिलासुस्ती गरी निर्माण पूरा भएको फूलजोरको यो पुलमा दायाँबायाँको सडकसमेत कालोपत्रे गर्ने सम्झौता भएपनि ठेकेदारले माटो र गिट्टी मात्रै हुरेर पुलबाट आवतजावतको व्यवस्था मिलाएका छन् । यसतर्फ पनि आफूहरूले ठेकेदार र सडक डिभिजनमा ताकेता गरिरहेको वडाध्यक्ष चौधरीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?