
काठमाडौं । सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक)ले ज्यान गएका छन् । क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।
जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पहिचानको प्रक्रिया शुरू भएको छ। मृतक १८ मध्ये कुनै शव पूर्णरूपमा जलेको अवस्थामा र कुनै अर्ध जलेको अवस्थामा भएकाले पहिचान गर्न कठिनाइ भएको छ ।
काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका टिमले शवको पहिचान गर्ने प्रक्रिया थालेको हो । अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. गोपालकुमार चौधरीका अनुसार शवहरूको एन्टीमोर्टम डेटा संकलनको काम एउटा टोलीले शुरू गरिसकेको छ ।
अहिले मृतकले कुन कपडा लगाएको छ ?कुनै गहना लगाएको छ ? जिउमा कुनै दाग अथवा ट्याटु छ कि छैन ? भन्ने कुराको डेटा संकलनका लागि एउटा टोलीले डाटा लिने काम गरिरहेको छ ।
जसलाई आफन्तको सहयोगमा पहिचानमा सहयोग पुग्ने बताइएको छ । यस्तै पहिचानका अन्य आधारहरुमा फिङ्गर प्रिन्ट, दाँतको बनावट, अनुहारसहितको शरीरको बनावट र डीएनए परीक्षणबाट शवको पहिचान गरिने छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको जहाज टेक अफ हुने बित्तिकै दुर्घटनामा परेको थियो ।
पाइलट मनीषरत्न शाक्यको जिवितै उद्धार गरिएको छ । उनको काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच