काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)सँगको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधबार सुरु भएको हो । तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । आइएलओ(सशक्त महिला समृद्ध नेपाल) परियोजना र महासंघबीच भएको सम्झौताअनुसार नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीनदिने तालिम सुरु भएको हो ।
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईले गर्नुभएको थियो भने कार्यक्रम महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगनदेव भट्टको पनि उपस्थिति रहेको थियो ।
तालिमको प्रमुख प्रशिक्षकका रूपमा आस्था भट्ट रहनुभएको छ । स्याहार अर्थतन्त्रमा अब सरकार र निजी क्षेत्र गम्भीर भएर आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठूलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएकाले अब स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच