सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहीन, बैठक आजै साढे ३ बजे पुन: बस्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा बसेको शीर्ष नेताहरूको बैठक सकिएको छ।

सोमबार अबरूद्ध प्रतिनिधि सभा बैठक खुलाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । तर, प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुखको बैठकले संसद खुलाउने निष्कर्ष भने निकाल्न सकेन ।

बैठक आजै साढे ३ बजे बस्नेगरी उठेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाउस अवरुद्ध हुनुहुन्न धेरै महत्वपूर्ण काम गर्नु छ सहमतिको साथ अघि बढ्नुपर्छ भन्ने कुरामा हामी एकैठाउँमा छौं । हाउस चलाउने प्रयत्न भइरहेको छ । छलफल सकारात्मकरूपमा अगाडि बढेको छ ।’

आज १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मको लागि सूचना टासेर स्थगित गर्ने तयारी भएको उहाँले बताउनु भयो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ र सो पार्टीका प्रमुख सचेतक हितराज पाण्डे, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, सो पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?