प्राइम बैंकको सिइओमा मानन्धरको नियुक्ति

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्राइम कमर्सियल बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति बैठकले बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट सञ्जीव मानन्धरलाई नियुक्त गरेको छ । नवनियुक्त सिइओ मानन्धरले ऐनको दफा १२७ बमोजिम सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले लामो समयदेखि बैंकमा आबद्ध नवनियुक्त सिइओ मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गर्नुभयो ।

बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार स्थापनाकालदेखि नै प्राइम बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत मानन्धर यसअघि पनि कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा हुनुहुन्थ्यो । सिइओ मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ क्यारियर सुरु गर्नुभएका मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरिसक्नुभएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?