काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले जानकारी दिनुभयो ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति केन्द्रीय बैंकले सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
निकै चासोका साथ हेरिएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्रको भविष्य तय गर्ने अपेक्षा गरिएको छ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पु¥याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।
मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । सामान्यतया मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । त्यसले गर्दा राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ ।
सरकार र निजी क्षेत्र लचिलो मौद्रिक नीतिको पक्षमा रहेको छ भने केन्द्रीय बैंकले मौद्रिक नीतिका आफ्नै मूल्य मान्यता सीमा हुने भन्दै निजी क्षेत्रले अपेक्षा गरेजस्तो मौद्रिक नीति सम्भव नहुने बताउँदै आएको छ । गत वर्षसम्म बैंक तथा वित्तीय संस्थाले बढी ब्याज लिएको भन्दै ब्याजदर घटाउनुपर्ने माग गर्दै आएको निजी बैंकहरूले ब्याजदर घटाएपछि पनि कर्जा लिन तयार देखिएको छैन । जसका कारण बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको समस्या छन् । ब्याजदर घटेपछि निजी क्षेत्रले नीतिगत स्थिरता र सहुलियत कर्जा माग गर्न थालेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको छ प्रतिशतको आर्थिक वृद्धिदर र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सघाउ पुग्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने देखिन्छ । निजी क्षेत्रले पनि सरकारले लिएको वित्त नीतिलाई सघाउ पुर्याउने र समग्र अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी मौद्रिक नीति आउनुपर्ने सुझाव दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच