डब्ल्युएचओद्वारा युगाण्डालाई स्वास्थ्य सहयोग

Read Time = 2 mins

कम्पाला । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युगाण्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्नेगरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार सोबारे ट्वीट गर्दै संगठनले उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लामा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको छ ।

यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात, बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभीलगायत अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ, डब्लुएचओ कार्यालयका घटना प्रबन्धक चाल्र्स न्जुगुनाले उल्लेख गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री रूथ एसेंगले देशले सामना गरिरहेको इबोला प्रकोपबाहेक युगाण्डाको जीवनलाई खतरामा पार्ने अन्य स्वास्थ्य आपतकालहरू पनि रहेको बताउनुभयो । एसेङले डब्ल्युएचओको सहयोगले प्रभावविरुद्धको लडाइँलाई बलियो बनाउन मद्धत गर्ने बताउनुभएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?