काठमाडौं । साहित्यकार राजकुमार राईको नवीनतम् उपन्यास ‘किवाहाङ’को काठमाडौंमा परिचर्चा गरिएको छ । लेखक/समीक्षक प्राडा.कुमारप्रसाद कोइराला, राजकुमार बानियाँ, डा.पुरण राई, नन्दु उप्रेती र गीता रेग्मीले यस कृतिमाथि परिचर्चा गर्नुभएको हो । उहाँहरूले यो उपन्यास लाहुरे परम्पराका विषयमा मिहीन ढंगले बोलेको टिप्पणी गर्नुभयो । यो काल्पनिकताभन्दा पनि तथ्यमा आधारित रहेको टिप्पणीकारहरूको भनाइ थियो ।
प्राडा.कोइरालाले हाम्रो समाजमा रहेको लाहुरेप्रतिको नकारात्मक भाष्य तोड्न उपन्यासकारले कोसिस गरेको बताउनुभयो । समीक्षक बानियाँले ‘किवाहाङ’ गैरलाहुरेले लेखेको लाहुरेको कथा भएको बताउँदै उपन्यासले विद्रोह भने नबोलेको टिप्पणी गर्नुभयो ।
अध्येता डा.राईले उपन्यासकारले इतिहास पक्षलाई अत्यन्तै धेरै अध्ययन गरेको पाइएको सुनाउनुभयो । अर्का वक्ता उप्रेतीले यो कृति यात्रा उपन्यासका रूपमा प्रस्तुत रहेको जिकिर गर्नुभयो । साहित्यकार रेग्मीले दोस्रो विश्वयुद्धलगत्तै ब्रिटिश गोर्खाले भोगेको कथा यस उपन्यासमा रहेको बताउनुभयो । गोर्खाहरूको पैसाले नेपालमा दरबार बनेका र शासकहरू पालिएका तीतो सत्यलाई उपन्यासले उजागर गरेको उहाँको भनाइ थियो । उपन्यासकार राईले ६० वर्षअघिको इतिहासलाई आख्यान बनाएको सुनाउनुभयो ।
साब्लाबुङ पुस्तकालय अभियानले आयोजना गरेको कार्यक्रममा लेखक/समालोचक प्राडा.गोविन्दराज भट्टराई, डा.अञ्जना वस्ती, डा.तुलसी भट्टराई, बालकृष्ण माबोहाङ, बुलु मुकारुङ, डा.ज्ञानु पाण्डे, महेश पौडेल, डीआरलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच