
काठमाडौं । ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले र्याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । छुट सम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको हो । ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र र्याडिसन होटलका निर्देशक केदार पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार बैंकको डेबिट र क्रेडिट कार्डबाहकले र्याडिसन होटलमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकले र्याडिसन होटल काठमाडौंमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप तथा ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टबाट पनि छुट पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच