पेरिस । सुटर मनु भाकेरले पेरिस ओलम्पिकमा भारतका लागि पहिलो पदक जित्नुभएको छ । उहाँले १० मिटर एयर पिस्टलमा कांस्य पदक जित्नुभएको हो । उहाँ सुटिङमा ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला बन्नुभएको छ । १० मिटर एयर पिस्टलमा दक्षिण कोरियाकी ओ ये जिन (२४३.२ अंक)ले स्वर्ण जित्नुभयो । दक्षिण कोरियाकी किम येजी (२४१.३ अंक)ले रजत पदक जित्नुभयो ।
भारतले यस खेलमा अन्तिम ओलम्पिक पदक २०१२ मा जितेको थियो । सुटिङमा भारतको यो अहिलेसम्मको पाँचौँ पदक हो । राज्यवर्धन सिंह राठौरले २००४ मा रजत, अभिनव बिन्द्राले २००८ मा स्वर्ण र २०१२ मा विजय कुमारले रजत र गगन नारङले कांस्य जित्नुभएको थियो ।
पेरिस ओलम्पिकमा कांस्य पदक जित्नुभएकी स्टार सुटर मनु भाकेरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरी बधाई दिनुभएको छ । कुराकानीपछि प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘एउटा ऐतिहासिक पदक... शुभकामना, मनु भाकर... पेरिस ओलम्पिक २०२४ मा भारतलाई पहिलो पदक जिताएकोमा ।’ एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच