
काठमाडौं । सिद्धार्थ बैंक र दूसित प्रिन्सेस काठमाडौंबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले लाजिम्पाटस्थित दूसित प्रिन्सेसमा बैंकको कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । आवश्यक जानकारी बैंकको २४सै घण्टा खुला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मार्फत् पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच