भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले काँचो स्याउ रोक्नका लागि वडा र कृषि शाखाको सिफारिस अनिवार्य गरेको छ । काँचो स्याउ बजारमा जान नदिनका लागि पालिकाले रोकथाममा कडाइसाथ चासो देखाएको छ । पालिकाका नौवटै वडामा उत्पादन भएका सुर्खेत, नेपालगंज, काठमाडौं अर्थात् बाहिरी जिल्लामा लिनका लागि भदौ महिनाको ५ गते भन्दा अगाडि निकासी गर्न नदिने गाउँ कार्यपालिकाबाट निर्णय भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

स्याउ परिपक्व भएपछि मात्रै बजारमा पठाउनका लागि व्यापारीले वडाको र कृषि शाखाको सिफारिस अनिवार्य गरिएको छ । गतवर्ष काँचो स्याउ साउन महिनाको पहिलो सातामै सुर्खेतमा पुगेपछि जिल्लाको स्याउको गुणस्तरीयतामा प्रश्न उठेको थियो । स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न यहाँका स्याउ किसान र स्थानीयवासिलाई सार्वजनिक सुचना मार्फत् निर्देशन दिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

काँचो स्याउको बिक्रीलाई रोक्नका लागि वडा र कृषि शाखाको सिफारिस अनिवार्य गरिएको छ । उक्त सिफारिस बिना निर्यात गर्न नपाइने निर्णय भएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।

पूर्णरुपमा पाकेको, परिक्व भएको, रङ, गुलियो भरिएको स्याउ, कृषि प्राविधि, पालिकाको कृषि शाखाको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने व्यापारीलाई सार्वजनिक सुचना मार्फत् जानकारी गरेको तिला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जंग बहादुर बस्नेतले जानकारी दिनुभयो । काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कार्वाही गरिने तिला गाउँपालिकाले जनाएको छ । जिल्लामा अहिले करिब ४ हजार २५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?