काठमाडौं । स्याङ्जामा प्रजिअ सुनिता नेपालको नेतृत्वमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियान प्रारम्भ भएको छ ।
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भए छानबिन गरी सरकारको स्वामित्वमा ल्याउन गृहको निर्देशन भएबमोजिम जिल्ला प्रशासन स्याङ्जामा परेका निवेदन तथा उजुरीहरूका आधारमा जग्गा फिर्ताको अभियान सुरू भएको छ ।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं १३ बाट यो अभियानको सुरूवात भएको हो । पुतलीबजार १३ मा ५० रोपनी क्षेत्रफलको अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा आउने गरी मंगलबार किल्ला गाडिएको छ ।
प्रमुख जिल्ला अधिकारी नेपालसहितको टोली स्थानीयसँगको सहकार्यमा फिल्डमा गई वडा नं १३ अन्तर्गतको अतिक्रमित जग्गा नापनक्सा गरी सिमाना कायम गरी पिलर गाडिएको अतिक्रमित जग्गा छानविन उपसमिति संयोजक सहायक प्रजिअ दीपक पौडेलले बताउनुभयो ।
अतिक्रमित सरकारी जग्गा छानविन समितिकी संयोजक प्रमुख जिल्ला अधिकारी नेपालको सक्रियतामा पुतलीबजार नगरपालिकाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीसहितको संलग्नतामा वडा नं १३ को अतिक्रमित जग्गाको साँधसिमाना कायम गरिएको हो ।
'सरकारी तथा सार्वजनिक सम्पत्ति जोगाउनु राज्यको दायित्व हो ।' उहाँले भन्नुभयाे, 'यसै अन्तर्गत हामीले सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा भएको भनी आएका गुनासा र उजुरीहरूका आधारमा प्रक्रिया अगाडि बढाइएका हौँ ।'
अतिक्रमित जग्गा फिर्ता गर्ने अभियान अरू पालिकाहरूमा पनि अघि बढ्ने प्रजिअ नेपालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच