
काठमाडौं । मलेसियामा भएको सातौँ गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप २०२४ मा पदक जित्न सफल नेपाली खेलाडीलाई मलेसियास्थित नेपाली दूतावासले सम्मान गरेको छ । मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोदिता बज्राचार्यले खेलाडीलाई सम्मान गर्नुभएको हो ।
मलेसियाको सेलांगोर राज्यस्थित केलाङ शहरमा भएको खेलमा नेपालका नारायण नहर्की, अब्बास अन्सारी, मनिष पौडेल, सुजल कँडेल, दर्शन बराल, ऋषभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक जितेको टिम म्यानेजर आशिष घिमिरेले जानकारी दिनुभयो । त्यस्तै हेमप्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जित्नुभएको थियो ।
१२ जना खेलाडीसहित टिम म्यानेजर घिमिरे, रेफ्री उमर खान, प्रशिक्षकद्वय रोशन खान र कमल भट्टराई मलेसिया पुग्नुभएको थियो । प्रतियोगितामा मलेसिया, नेपाल, जापान, इण्डोनेसिया, ब्राजिल, चीन, ताइवान, भारत गरी आठ देशका खेलाडी सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच