काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धीको अडिसन सम्पन्न भएको छ । हिल्टन काठमाडौंमा आयोजित अडिसनमा प्रिलिमिनरी राउण्डबाट छानिएका ६० मध्ये ३५ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन् । अडिसनको निर्णायक मण्डलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए ।
त्यस्तै मिस युनिभर्स नेपालका नेसनल डिरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका प्रमुख कार्यकारी अधिकृत एवं प्रेसिडेन्ट शवी पुरीले निर्णायकका रूपमा अडिसन लिएका थिए । अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवं पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने अनलाइनमार्फत् सहभागिता जनाएका थिए ।
आयोजकका अनुसार अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैरनेपाली महिलालगायत डाक्टर, इञ्जिनियर, पाइलटहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो । फिजिकल अडिसनमा उपस्थित हुन नसकेका केही गैरनेपाली महिलाको भने अनलाइनमार्फत् अडिसन लिइने आयोजकले जनाएको छ । अडिसनमार्फत् छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीको नतिजा तीन दिनपछि मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिने आयोजकले जनाएको छ । अडिसनमार्फत् छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीले फिनालेका लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकबाट व्यक्तित्व विकास, वाक्कला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवन उपयोगी सीप सिकाइनेछ ।
मिस युनिभर्स नेपाल २०२४ को ग्राण्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ का लागि सय देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच