काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीमा टेक एक्सपो र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीमा टेक एक्सपो र निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । टोखाका उपमेयर मुरारी तामाङको उपस्थितिमा कलेज प्रांगणमा ‘विकास र आय सिर्जनाका लागि वर्तमान सन्दर्भमा प्राविधिक शिक्षाको महत्व’ शीर्षकमा निबन्ध प्रतियोगिताका साथै प्राविधिक प्रदर्शनी सम्पन्न भएको हो ।

प्रतियोगितामा काठमाडौं ग्लोबल स्कुलकी अनुशा गौतमले प्रथम स्थान हासिल गर्दै १० हजार नगद रुपैयाँ प्राप्त गर्नुभयो भने दोस्रो र तेस्रोमा लक्ष्मीपुर अंग्रेजी माध्यमिक विद्यालयकी तस्निम श्रेष्ठ र विन्ध्यावासिनी बोर्डिङ माध्यमिक विद्यालयका जीवन बराइलीले ६ हजार र चार हजार नगद रुपैयाँ प्राप्त गर्नुभयो । दुई सान्तवना पुरस्कार विजेतामा काठमाडौं युरो स्कुलकी दिक्षा गुप्ता र काठमाडौं ग्लोबल स्कुलकी एञ्जला गोदारले दुई हजार पाँच सय नगद रुपैयाँ प्राप्त गर्नुभएको थियो । यी सबै पुरस्कार सिद्धार्थ बैंक लिमिटेडले प्रायोजन गरेको थियो ।

निबन्धहरूको मूल्यांकन सन्ध्या पहाडीले गर्नुभएको थियो भने विजेतालाई उपमेयर तमाङले पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै, कलेजका विद्यार्थीहरूले आर्किटेक्चर, कन्जुयुमर इलेक्ट्रोनिक्स, ट्राफिक व्यवस्थापन र औद्योगिक सिँचाइ प्रणाली जस्ता भिन्न–भिन्न उद्योगहरूमा आफ्नो विशेषज्ञता अनुसार नवीन मोडलहरू सिर्जना गरी आफ्नो अध्ययनको क्षेत्रमा आ–आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए ।

काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीमा एसइईपछि तीन वर्षे डिप्लोमा इन्जिनियरिङका सिभिल, आर्कीटेक्चर, इलेक्ट्रिकल, कम्युटर र इलेक्ट्रोनिक्स विषयहरूको पढाइ हुने गर्दछ । कार्यक्रम काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष भक्तप्रल्हाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?