
चितवन । चितवनको राप्ती नगरपालिकाको विकट चेपाङ बस्तीमा अझै विजुली पुग्न सकेको छैन । सरकारले पहाडी बस्तीमा ग्रामिण विद्युतीकरणको लागि चासो नदिएका कारण स्थानीयबासी टुकीकै भरमा जीवन गुजारिरहेका छन् ।
नेपाल विद्युत प्राधिकरणले उक्त ठाउँमा विद्युतीकरणको लागि २०७६ सालबाट प्रयास सुरु गरेको भएपनि सफल हुन सकेको छैन । राप्तीका उपमेयर देवेन्द्र लामाले नगरको वडा नं १०, ११, १२ र १३ मा विजुली पुग्न नसकेको भन्दै विकट बस्तीमा विजुली लैजान आफु प्रयासरत रहेको बताउनुभयो ।
उहाँका अनुुसार वडा नं १० मा ६० प्रतिशत, वडा नं ११ मा ५० प्रतिशत त्यस्तै वडा नं १२ र १३ का कुनैपनि घरधुरीमा विजुली पुगेको छैन । वडा नं १२ र १३ का विकट बस्तीमा विजुली लैजान २०७६ सालमा टेण्डर गरिएकोमा एक बर्षमा सम्पन्न गर्नुपर्ने काम अझै पुरा भएको छैन । त्यतिबेला कामको जिम्मा लिएको जनमुखी निर्माण सेवाले चार बर्षको अबधिमा ४५० वटा पोल गाडेर विद्युतीकरणको काम अलपत्र पारेर छोडेको थियो । वडा नं १० र वडा नं ११ का करिब ५० प्रतिशत तथा वडा नं १२ र १३ का स्थानीयबासी अहिले पनि टुकीकै भरमा जीवन गुजार्न बाध्य रहेको उपमेयर लामाले जानकारी दिनुभयो ।
वडा नं १२ मा १०० घरमा मिटर जडान गरिएको छ तर विजुली छैन् वडाध्यक्ष अर्जुन चेपाङले भन्नुभयो हामी पोल हेरेर बसेको घेरै समय भयो, विजुली आएन । जनप्रतिनिधिहरुको निरन्तरको तोकेतापछि सरकारले राप्तीको विकट बस्तीमा विजुली लैजान बजेट विजियोजन गरेर काम सुरु गर्ने तयारी गरेको प्राधिकरणले जनाएको छ । वडा नं १०, १२ र १३ मा पूर्ण विद्युतीकरणको लागि सरकारले करिब ११ करोड रुपैया विनियोजन गरी ठेकेदार कम्पनीसंग सम्झौताको लागि तयारी गरेको छ । मंगलम श्रीनभ जेभीलाई ५२ लाख ५० हजार रुपैयाको ज्याला वापतको ठेक्का र प्राधिकरणले ९ करोड ५७ लाख २० हजारको सामग्री उपलब्ध गराउने गरी सम्झौताको तयारी भएको नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले जानकारी दिए । तीन वटा वडामा ११ मिटरको ४५५ वटा हाइटेन्सन पोल, ९ मिटरको १ हजार ४६५ वटा लो टेन्सन पोल गाडिने छ ।
त्यसैगरी वडा नं ११ को पूर्ण विद्युतीकरणको लागि सरकारले छुट्टै ४ करोड रुपैया विनियोजन गरेर काम गर्ने तयारी गरेको छ । विद्युतीकरणको लागि प्राधिकरणले कन्चन निर्माण सेवालाई २१ लाख ७० हजारमा ज्यालावापतको ठेक्का दिएको छ भने प्राधिकरणले तीन लाख ६९ हजारको सामग्री उपलब्ध गराउने गरी सम्झौता भएको प्रमुख चौधरीले जानकारी दिनुभयाे । सो योजना अन्तर्गत वडा नं ११ को विकट बस्तीमा ११ मिटरको हाइटेन्सन पोल १४० वटा, ९ मिटरको लो टेन्सन पोल ६५० वटा प्रयोग गरिने चौधरीले जानकारी दिनुभयो । राप्तीमा चारवटा वडामा बत्ती बालेर पूर्वी चितवनलाई पूर्णविद्युतीकरण घोषणा गर्ने तयारी गरिएको वितरण केन्द्रका प्रमुख चौधरीले बताउनु भयाे । पूर्वी चितवनलाई पूर्ण विद्युतीकरण घोषणा गर्न राप्तीका चारवटा वडाले रोकेको भन्दै उहाँले एक बर्ष भित्र विजुली नपुगेको ठाउँमा बत्ती बाल्ने योजना रहेको बताउनुभयो । उपमेयर लामाले सरकारका मन्त्री र प्राधिकरणमा पटक पटक प्रयास गरेपछि विद्युतीकरणको लागि प्रक्रिया सुरु गर्ने तयारी गरिएको भन्दै काम सुरु गर्न आफुले निरन्तर खबरदारी गरिरहेको बताउनुभयो ।
बजेट विनियोजन भएर पनि काम सुरु नगर्ने ठुलो रोग छ उपमेयर लामाले भन्नुभयो काम सुरु गरेपछि पनि अलपत्र पारेका धेरै उदाहरण छन् हामी निरन्तर निगरानी र खबरदारी गर्ने छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच