काठमाडाैं । गृहमन्त्री रमेश लेखकले मूल्यवृद्धिलगायतका आम उपभोक्ताको हितको कामलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने बताउनुभएको छ ।
बुधवार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाली काँग्रेस आपूर्ति तथा उपभोक्ता विभागका पदाधिकारी तथा प्रतिनिधिहरुसँगको भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्री लेखकले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा देखिएको समस्या जायज भएकाले यसको समाधानका लागि सरकार क्रियाशील भएर लागिपर्ने बताउनु भयो । उहाँले आम नागरिकका समस्या समाधान गर्ने दायित्व सरकारको भएकाले त्यसलाई गम्भिरतापूर्वक लिएर कार्यान्वयनमा लैजाने आश्वासन दिनुभयो ।
मन्त्री लेखकले भन्नुभयो, यो दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरणको सम्बन्धमा पार्टीको महत्वपूर्ण समिति हो । तपाईहरुले यसमा उल्लेख गर्नुभएका विषयहरु अत्यन्त महत्वपूर्ण छन् । यो आम नागरिकसँग सम्बन्धित कुरा र राज्यले गर्नुपर्ने, देखाउनुपर्ने विषय भएकाले हुनाले जे कुरा यहाँ ल्याउनुभएको छ । जायज कुरा छन् । त्यसलाई अत्यन्तै गम्भिरताका साथ लिएर हामी कार्यान्वयनमा लाग्छौं ।
त्यस अवसरमा विभागले गृहमन्त्री लेखकलाई आम उपभोक्ता मूल्य वृद्धिको मारमा परेको, भारतबाट हुने गरेका चोरी निकासीका कारण स्वदेशी उत्पादनले बजार नपाएको र राजस्व समेत गुमाउनु परेकोलगायतका मागसहितको ज्ञापन पत्र बुझाएको थियो । गृहमन्त्री लेखकले आम उपभोक्ताको हितका लागि बुझाएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको बूदाहरु आफूले सक्रियतापूर्वक कार्यान्वयनमा लैजाने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच