काठमाडौं । असुसले नेपाली बजारमा एआई ल्यापटप ल्याएको छ । गेमिङ ल्यापटपमा ख्याति कमाउँदै आएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो ।
नेपालका लागि असुसको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले एक कार्यक्रमबीच उक्त ल्यापटप सार्वजनिक गरेको छ । तीनवटा प्रोसेसरसहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणिका निर्देशक अमित सर्राफले बताउनुभयो । असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स इलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चिपभन्दा पनि फास्ट रहेको कम्पनीको दाबी छ ।
विण्डोज ११ अपरेटिङ सिस्टमयुक्त १६ जिबी र्याम र एक टिभी एसएसपी स्टोरेज रहेको ल्यापटपको र्याम आवश्यकताअनुसार ३२ जिबीसम्म बढाउन सकिनेछ । ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याकअप दिनुका साथै आरजिबी किबोर्डसमेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडिएमआई, वाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडरलगायत सुविधा रहेको कम्पनीले जनाएको छ । जसको मूल्य दुई लाख नौ हजार नौ सय रुपैयाँ र दुई वर्षको वारेन्टी रहेको छ । ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेज मर्मत शुल्कको ८० प्रतिशतसम्म छुट पाउन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच